काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले बजेट बनाउने बेलामा अर्थमन्त्रीले गोपनीयता भङ्ग गरेको विषय प्रतिपक्षीले बारम्बार उठाउँदा पनि सत्ता पक्षको ध्यान नगएको भन्दै आपत्ति जनाउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले यस विषयमा जनताले जान्न चाहिरहेका भए पनि सरकार, प्रधानमन्त्री र गठबन्धनका नेता नबोल्नुले शंकाको सुई त्यतै फर्किएको बताउनुभयो । यस विषयमा अर्थ मन्त्री जनार्दन शर्मा संयमित भएर त्यसलाई स्विकार्नुको सट्टा थप अराजक भएर प्रस्तुत भएको बास्कोटाले बताउनुभयो । संसद् चलिरोकेको बेला संसदमा नभएर अर्थमन्त्रीले प्रतिपक्ष कहाँ छ भन्दै खोजेको प्रति बास्कोटाले आपत्ति जनाउनुभयो । ‘प्रतिपक्ष यहाँ छ, हामी यहाँ छौँ र हामी प्रश्न उठाइ रहेका छौँ’, बास्कोटाले भन्नुभयो । पञ्चायतमा जस्तै आफू बाहेक अरूलाई नदेख्ने भूत अर्थमन्त्री जनार्दन शर्मालाई चढेको उहाँले बताउनुभयो । ‘उहाँहरू एकदलीय तानासाही अभ्यास तर्फ जानुभएको हो ? प्रतिपक्ष सदनमा देख्नु भएन ? यो संसदीय व्यवस्थाको प्रमुख प्रतिपक्षी दलको मान मर्दन पनि हो’, बास्कोटाले भन्नुभयो । अर्थमन्त्रीले बजेट बनाउँदा ठुला ठुला उद्योगपति देखे पनि जनता नदेखेको बास्कोटाको टिप्पणी छ । ‘प्रतिपक्ष जनताको साथमा छ, उहाँले चाउचाउ देख्नुभयो, चाउचाउ पनि सी चाउचाउ देख्नुभयो अर्थात् चौधारी चाउचाउ देख्नुभयो’, उहाँले भन्नुभयो । उहाँले बजेट बनाउने बेला साँढे पाँच घण्टा २३ जना कर्मचारीको चिलबिल बनाएर सिए, पूर्व कर्मचारी अफिसर बेपत्ता भएको दाबी गर्नुभयो । उहाँहरू एकैचोटी बिहान साँढे पाँच बजे मन्त्रालयमा हाजिर हुन आएको बास्कोटाको दाबी छ । साँढे ५ बजे मात्र उहाँहरू हाजिर हुनुभयो र पेन ड्राइभ कसले लग्यो हामी जान्न चाहन्छौँ, यो देशको बजेट निर्माणको इतिहासमा सबैभन्दा अक्षम्य अपराध हो’, बास्कोटाले भन्नुभयो । अर्थमन्त्रीले कुरा समाजवादको गर्ने तर सेवा सीमित व्यापारीको गर्ने काम गरेको उहाँको भनाई छ । अर्थमन्त्रीले सत्तामा बसेर प्रतिपक्षलाई ललकार्ने काम गरेको उहाँले बताउनुभयो । ‘प्रश्न उठेपछि राजीनामा दिने कि नदिने ? छानबिनको निम्ति सजिलो गर्ने कि नगर्ने ?’ उहाँले भन्नुभयो । उहाँले जबरजस्ती गरेर सत्ता पक्षले प्रतिपक्ष कहाँ छ भन्ने भन्दै प्रश्न गर्नुभयो । ‘प्रतिपक्ष अस्ति स्थानीय तह निर्वाचनमा कुनै वैशाखी नटेकी देख्नु भएन ? अरूलाई गुरु नतापीकन देख्नुभएन प्रतिपक्ष कत्रो थियो भनेर ?’ उहाँले भन्नुभयो । उहाँले अर्थमन्त्रीको राजीनामा देशले खोजेको बताउनुभयो । यस विषयमा छानबिन समिति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । एमाले कसैले किस्तीमा राखेर बनाएको दल नभएको प्रष्ट पार्नुभयो । त्यसैले एमालेलाई नललकार्न बास्कोटाले चुनौती दिनुभयो । एमाले त्यस्ता अर्थमन्त्रीको कुरा सुन्ने पक्षमा नरहेको भन्दै अर्थमन्त्रीले बोल्ने संसद् एमालेले बहिष्कार गर्ने बताउनुभयो ।
अर्थमन्त्रीलाई पञ्चायतको भूत चढ्यो : गोकुल बास्कोटा
काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले बजेट बनाउने बेलामा अर्थमन्त्रीले गोपनीयता भङ्ग गरेको विषय प्रतिपक्षीले बारम्बार उठाउँदा पनि सत्ता पक्षको ध्यान...
SUNRISE KHABAR
2 min read
