काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन बढाई व्यापार घाटा कम गर्न ठुला उद्योगलाई विद्युतमा छुट दिएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री शर्माले ३० युनिटसम्म विद्युतमा छुट दिएर न्यून आय भएका नागरिकको पक्षमा पनि निर्णय गरेको दाबी गर्नुभयो । विद्युत् सस्तो दियो भने ठुला उद्योग नेपालमा स्थापित हुने उहाँले बताउनुभयो । उहाँले कुनै व्यक्ति विशेषलाई लक्षित गरेको नभई देशको हित हुने गरी ठुला उद्योगलाई छुट दिने निर्णय गरिएको बताउनुभयो । मध्यम वर्गले प्रयोग गर्ने सबै साधनमा पनि पर्याप्त छुट दिइएको उहाँको भनाइ छ । ‘कुनै विशेषलाई अनुहार हेरेर गरिएको छैन’, उहाँले भन्नुभयो । उहाँले प्रतिपक्षले नयाँ नयाँ कथा बुनेर सरकारको हुर्मत लिने र बजेटको लोकप्रियता कम गराउने प्रयास गरेको बताउनुभयो । हिजो व्यक्तिको नाम आएको आज फेरी पेन ड्राइभको कुरा आएको भन्दै उहाँले ती सबै कुरा झुटा आरोप भएको दाबी गर्नुभयो । आफूले प्रतिपक्ष कहाँ छ भनेर भन्दै नभनेको शर्माले दाबी गर्नुभयो । ‘कुनै सन्दर्भ वा प्रसङ्गको विषय हुन सक्छ, तर मैले प्रतिपक्ष नदेखेको भन्ने होइन, मैले प्रतिपक्ष झलझली देखिरहेको छु, हिजो सत्तापक्षमा सँगै हुँदा पनि साथीहरूलाई देखिरहेको हो, विघटन हुँदा, आन्दोलनमा जाँदा पनि देखिरहेकै छौँ । नदेखेको कहाँ छ र ? कहाँ चुनौती दिइयो ? त्यस्तो बिलकुल होइन’, उहाँले भन्नुभयो । सरकारको तर्फबाट प्रतिपक्षलाई सधैँ सम्मान गर्ने उहाँले बताउनुभयो । उहाँले प्रतिपक्षीलाई सरकारलाई नधम्क्याउन पनि चेतावनी दिनुभयो ।
प्रतिपक्षी कहाँ छ भनेर भन्दै नभनेको अर्थमन्त्री जनार्दन शर्माको दाबी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन बढाई व्यापार घाटा कम गर्न ठुला उद्योगलाई विद्युतमा छुट दिएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा...
SUNRISE KHABAR
1 min read
