काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले महँगीको विषय धेरै गम्भीर विषय भएको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै भट्टराईले महँगी नियन्त्रण तथा अनुगमनको विषयमा सरकार गम्भीर नभएको बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले अरू सबै क्षेत्रलाई प्रभावित पारेको भट्टराईले बताउनुभयो । जनताको ढाड खुस्कने स्थिति भइसक्दा पनि सरकोले कुनै पनि प्रभावकारी कदम नचालेको उहाँको भनाई छ । ‘सरकार जिम्मेवार रूपमा प्रस्तुत भइराखेको छैन, यो गम्भीर कुरा हो’, भट्टराईले भन्नुभयो । अहिले देश राज्य विहीनताको अवस्थामा पुगेको उहाँले गुनासो गर्नुभयो । सरकार जताको जीवन सहज बनाउने प्रति उत्तरदायी रूपमा प्रस्तुत नभएको उहाँले बताउनुभयो । देशमा अराजकता बढ्दै गएको भन्दै भट्टराईले चिन्ता व्यक्त गर्नुभयो । अराजकता मच्चाउने काम अरूले नभएर सरकारले नै गरेको उहाँले बताउनुभयो । ‘सत्ता पक्षबाट , सरकारका मन्त्रीहरूबाट, मन्त्रीले देशमा अराजकता सिर्जना गर्ने काम भइरहेको छ’, उहाँले भन्नुभयो । सरकारका मन्त्रीले बोलेको शब्दलाई सार्वजनिक स्थानमा मात्र बोल्न नसकिने उहाँले बताउनुभयो । तथापि त्यस्तो बोल्ने पर्यटन मन्त्री अहिले पनि सरकारमा नै रहेको उहाँको भनाइ छ । ‘उहाँको प्रस्तुतिलाई कसैले सही छ भन्न सक्नु हुन्छ ?’, उहाँले प्रश्न गर्नुभयो । अर्थमन्त्रीले समेत बजेट बनाउने बेला गम्भीर अपराध गरेको उहाँले बताउनुभयो । आपूर्ति मन्त्रीको हालत त्यस्तै रहेको भट्टराईले टिप्पणी गर्नुभयो । कृषि मन्त्रीको अवस्था मात्र होइन प्रधानमन्त्री समेत नबोल्ने हालतमा पुगेको उहाँले बताउनुभयो । अहिलेको प्रधानमन्त्री र मन्त्रीबाट चल्ने स्थिति नभएकोले सत्ता पक्षलाई नै विकल्प सोच्न उहाँले आग्रह गर्नुभयो ।
मन्त्रीले नै देशमा अराजकता मच्चाए : खिमलाल भट्टराई
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले महँगीको विषय धेरै गम्भीर विषय भएको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै भट्टराईले महँगी...
SUNRISE KHABAR
1 min read
