काठमाडौं । राष्ट्रिय सभा बैठकले मूल्य वृद्धि जस्तो गम्भीर विषयमा सदन मार्फत जनतालाई जनाकारी दिन सरकारलाई निर्देशन दिएको छ । मंगलबारबार राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेको तर्फबाट सांसद खिमलाल भट्टराईले यस बारेमा सरकारको धारणा मग गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले सो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । ‘सम्बन्धित मन्त्रीलाई राष्ट्रिय सभाको अर्को बैठकमा जवाफ दिन निर्देशन दिन्छु’, तिमल्सिनाले भन्नुभयो । तर प्रमुख प्रतिपक्षी दलले राहत प्याकेज सहित सरकार उपस्थित नभएसम्म बैठक अगाडि नबढाउन माग गरेको थियो । प्रमुख प्रतिपक्षीको सो माग पछि सभाध्यक्ष तिमल्सिनाले अर्को बैठक बुधबार एक बजे बस्ने गरी स्थगित गर्नुभयो ।
मूल्य वृद्धिको विषयमा जवाफ दिन सरकारलाई राष्ट्रिय सभामा रुलिङ
काठमाडौं । राष्ट्रिय सभा बैठकले मूल्य वृद्धि जस्तो गम्भीर विषयमा सदन मार्फत जनतालाई जनाकारी दिन सरकारलाई निर्देशन दिएको छ । मंगलबारबार राष्ट्रिय सभा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
