काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ले नेपालको सार्वभौम सत्ता नै जोखिममा पर्ने बताउनुभएको छ । चर्को विरोधको कारण मात्र सरकार त्यसबाट पछि हटेको उहाँले बताउनुभयो । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सो विषयमा के के भएको हो भन्ने कुराको जवाफ प्रधानमन्त्रीले संसदमा आएर दिनु पर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री त्यसको जवाफ दिनपर्छ भनेर संसदबाट भाग्दै हिँडेको पनि रावलले बताउनुभयो । प्रतिनिधि सभा बैठक र संसदीय समितिका बैठक भन्दा महत्त्वपूर्ण अरू कुनै बैठक वा सेमिनार प्रधानमन्त्रीको लागि हुनै नसक्ने उहाँले टिप्पणी गर्नुभयो । ‘प्रधानमन्त्रीजी सेमिनारमा जानुभयो, तर यहाँ जवाफ दिन आउनु भएन, आफ्नै मन्त्रालयको बारेमा उठेका छलफलका विषयमा’, रावलले भन्नुभयो । रावलले संसदलाई प्राथमिकता नदिएर प्रधानमन्त्रीले संसद्कै अवमूल्यन गरेको बताउनुभयो । ‘प्रतिनिधि सभाको बैठक भन्दा त्यो सेमिनार र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक भन्दा बालुवाटारमा बसेको पाँच दलका नेताको बैठक भनेको जुन छ नेपालको संविधानमा त्यो माथि हो ? के त्यसले संवैधानिक मान्यता पाउँछ यस भन्दा माथि ?’, रावलले प्रश्न गर्नुभयो । एसपीपीको बेला अमेरिकी राजदूतलाई पत्र पठाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला वा सो प्रक्रियालाई अघि बढाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कसलाई सत्तारुढ दलका नेताले राष्ट्रघाती भनेको ? भन्दै प्रश्न गर्नुभयो । केपी ओली प्रधानमन्त्री भएको बेला उहाँलाई थाहा नै नदिई प्रधान सेनापति पत्र लेखेको कुरा आएको र त्यसमा एमालेले छानबिनको माग गरेकोले छानबिन समिति बनाउन उहाँले माग गर्नुभयो । उहाँले एमसीसी पास गर्ने संघीय कानुन नै नबनेको अवस्थामा गठबन्धनले बल मिच्याईँ गरेर एमसीसी पास गरेको बताउनुभयो । उहाँले त्यस सम्बन्धी संघीय कानुन किन नल्याएको भन्दै प्रश्न गर्नुभयो ।
सत्ता गठबन्धनले सुशील कोइरालालाई राष्ट्रघाती भनेको कि प्रचण्डलाई : भीम रावल
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ले नेपालको सार्वभौम सत्ता नै जोखिममा पर्ने बताउनुभएको छ...
SUNRISE KHABAR
1 min read
