काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७-२०७८' पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नीति अनुष्ठान प्रतिष्ठान विधयेक, २०७६ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । प्रधानमन्त्री देउवाले नै 'लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले 'ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता' पेस गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
यसैबीच राष्ट्रिय सभा बैठक पनि आजै बस्दैछ । दिउँसाे १ बजे बस्ने बैठकमा 'रेल्वे विधेयक,०७९' पेस गर्ने लगायत कार्यसूची तय छ ।
