काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मन्त्रीहरूलाई बैठकमा समयमै उपस्थित हुन रुलिङ गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठककाे सुरुमै अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरुलाई बैठकमा समयमै उपस्थित हुन रुलिङ गर्नुभएकाे हाे । संविधानले मन्त्रीहरुलाई संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको भन्दै उहाँले सदनमा उपस्थित भएर जनताप्रति जवाफदेही बन्न निर्देशन दिनुभयाे ।
उहाँले भन्नुभयाे - 'हाम्राे संविधानले सरकारका मन्त्रीहरुलाई सामूहिक र व्यक्तिगत रुमा संघीय सदस्यप्रति उत्तरदायी हुने व्यवस्था गरेकाे छ, सदनमा उपस्थित भइ मन्त्रालयसँग सम्बन्धित कार्यसूची अघि बढाउन मद्दत गर्नु र उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरुको जिम्मेवारी हो, लाेकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुन्छ, तसर्थ सरकारका मन्त्रीहरुलाई राष्ट्रिय सभा बैठकमा तोकिएको समयमा उपस्थित भई जनताप्रति जवाफदेही बन्न रुलिङ गर्दछु ।'
