काठमाडाैं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलले स्थानीय तह चुनावका कारण समयमा नै पाठ्यपुस्तक छाप्न र पुर्याउन नसकिएको दाबी गर्नुभएकाे छ ।
शिक्षा मन्त्रालयमाथिकाे बजेटमा उठेका प्रश्नकाेआइतबार राष्ट्रिय सभा बैठकमा जवाफ दिँदै मन्त्री पाैडेलले जनक शिक्षा सामग्री लिमिटेडले स्थानीय तह चुनावकाे मतपत्र छाप्नुपर्ने भएकाले पाठ्यपुस्तक छपाइमा ढिला भएकाे बताउनुभयाे ।
जनक शिक्षा सामग्री केन्द्र विगतमा भन्दा अहिले धेरै लाेडमा परेकाे उहाँले बताउनुभयाे । मन्त्री पाैडेलले भन्नुभयाे - 'अन्तर्राष्ट्रिय बजारमा कागजकाे आपूर्तिमा असर परेर केही ढिलाइ हुन गयाे, यसै वर्ष स्थानीय तह चुनावकाे मतपत्र छपाइ जनक शिक्षाले गर्नुपरेकाे हुँदा, केही दिन पाठ्यपुस्तक छपाइमा ढिला कुरा अवगत गराउँछु ।'
विगतमा भन्दा जनक शिक्षालाई केही लाेड परेका कारण पनि पाठ्यपुस्तक छपाइमा ढिलाइ भएकाे मन्त्री पाैडेलले बताउनुभयाे । काेभिडका कारण शैक्षिक शत्र तलमाथि भएकाे मन्त्री पाैडेलले बताउनुभयाे ।
सातै प्रदेशमा जनक शिक्षा केन्द्र विस्तार गरिने पनि उहाँले सुनाउनुभयाे । शिक्षासम्बन्धी ४ वटा एेन कानुन मन्त्रालयमा पठाइएकाे भन्दै मन्त्री पाैडेलले ती ४ वटा एेन ल्याउन सके शिक्षाकाे गुणस्तर अझ सुधार हुने दाबी गर्नुभयाे ।
