काठमाडाैं । नेकपा एमालेका सांसद् केदार सिग्देलले खाना पकाउने एलपी ग्यासकाे भाउ तत्काल घटाउन सरकारसँग माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् सिग्देलले पेट्राेलियम पदार्थकाे भाउ घटाउँदा खाना पकाउने ग्यासकाे भाउ किन नघटाएकाे भन्दै प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे - 'जनताले दैनिक खाना पकाउन प्रयाेग हुने एलपी ग्यासमा ३-३ सय मूल्य वृद्धि भएकाेमा किन कतिपनि घटाइएन ? तत्काल प्रतिसिलिण्डर १ सय रुपैयाँ घटाइयाेस् ।'
पेट्राेलियम पदार्थकाे भाउ घटाउन सरकारलाई निरन्तर दबाब दिएकाे भन्दै सांसद् सिग्देलले प्रमुख प्रतिपक्षी नेकपा एमाले,उसका भ्रातृ संगठन, विद्यार्थी र आम जनतालाई धन्यवाद दिनुभयाे । थाेरै भएपनि मूल्य कम गरेकाे भन्दै उहाँले सरकारलाई पनि धन्यवाद दिनुभयाे ।
विद्युत खपतमा सहुलियत दिने नीति तत्काल लागू गर्न पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
