काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) को बारेमा संसद्मा बारम्बार प्रश्न उठ्दा पनि प्रधानमन्त्रीले त्यसको चित्तबुझ्दो जवाफ नदिएको भन्दै आपत्ति जनाउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै रावलले नीति अध्ययन प्रतिष्ठान विधेयकले देशको हित र सामरिक महत्त्वको संरचना बनाउने कुरा ल्याएको बताउनुभयो । तर सो संरचनामा नेपाल सरकारले व्यक्ति नियुक्ति गर्ने र मन नपरे निकाल्ने कुराले अन्य संस्थागत संरचना भन्दा फरक नहुने उहाँले प्रष्ट पार्नुभयो । एसपीपीमा नेपाललाई प्रवेश गराउन खोजको विषय गलत भएको भनेर सांसद र मन्त्रीले बोलेको, नेपाली सेनाका प्रमुखले त्यसमा समावेश हुने कुरा गलत रहेछ भनेर भनेको भए पनि प्रधानमन्त्रीले त्यस विषयमा कुनै जवाफ नदिएको भन्दै रावलले आपत्ति प्रकट गर्नुभयो । उहाँले एसपीपी नेपालले नस्विकार्ने भनेर नेपालले अहिलेसम्म अमेरिकालाई कुनै पत्र नपठाएको भन्दै आपत्ति जनाउनुभयो । ‘यसको ठोस जवाफ चाहियो, पत्र पठाइएको कि पठाइएन ?’ उहाँले भन्नुभयो । यत्रो देशले कुरा उठाउँदा नमान्ने सरकार र प्रधानमन्त्रीले एउटा प्रतिष्ठानले दिएको सुझाव मान्ला भन्ने आधार नभएको उहाँले बताउनुभयो । विगतमा बनेको राष्ट्रिय सुरक्षा परिषद् समेत प्रभाकारी काम गर्न नसकेको अवस्थामा नयाँ बन्ने प्रतिष्ठानले के काम गर्ला ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
भीम रावलको प्रश्न : एसपीपीमा सहभागी हुँदैनौँ भनेर पत्र पठाइयो कि पठाइएन ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) को बारेमा संसद्मा बारम्बार प्रश्न उठ्दा पनि प्रधानमन्त्रीले त्यसको...
SUNRISE KHABAR
1 min read
