काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा विभिन्न मन्त्रालयकाे बजेटमाथि उठेका प्रश्नकाे सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।
आजकाे बैठकमा भाैतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्याऽ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, उर्जा जलस्राेत तथा सिंचाई, सञ्चार तथा सूचना प्रविधि, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र गृह मन्त्रालयकाे बजेटमा उठेका प्रश्नकाे सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
बैठकमा रक्षा मन्त्रालय,राष्ट्रिय याेजना आयाेगकाे सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,उपराष्ट्रपतिकाे कार्यालय र राष्ट्रपतिकाे कार्यालयकाे बजेटमाथि उठेका प्रश्नकाे जवाफ दिने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा सांसद्हरु तुलसाकुमारी दाहालले महिला बालकालिका ,भगवति न्याैपानेले भाैतिक पूर्वाधार, साेनाम गेल्जेन शेर्पाले संस्कृति र भैरव सुन्दर श्रेष्ठले उर्जा मन्त्रालय सम्बन्धी खर्च कटाैतीकाे प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।
हेर्नुस् सम्भावित कार्यसूची :
माडाैं ।
