काठमाडौं । गृह मन्त्री बालकृष्ण खाँडले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय अमेरिकालाई जानकारी गराइसकिएकाे बताउनुभएकाे छ ।
गृह मन्त्रालयकाे बजेटमाथि सांसद्ले उठाएका प्रश्नकाे साेमबार राष्ट्रिय सभा बैठकमा जवाफ दिँदै मन्त्री खाँडले एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाइसकिएकाे बताउनुभयाे । सरकारले निर्णय गरेर परराष्ट्र मन्त्रालयमार्फत एसपीपीमा सहभागी नहुने पत्र पठाइसकिएकाे उहाँले बताउनुभयाे ।
सरकारले एसपीपीलाई अगाडि नबढाउने निर्णय गरेकाे स्मरण गराउँदै उहाँले यस्ता विषयमा सरकार गम्भीर भएकाे बताउनुभयाे ।
निर्मला हत्याकाण्डकाे अनुसन्धान जारी रहेकाे र बलात्कार मुद्दामा हदम्यादबारे छलफल भइरहेकाे जानकारी पनि उहाँले गराउनुभयाे । संसद्मा विचाराधीन कारागार विधेयक अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता पनि मन्त्री खाँडले जनाउनुभयाे ।
नागरिकता विधेयकलाई टुंगाे लगाइने दाबी पनि गृहमन्त्रीले बताउनुभयाे । मिटरव्याजी लगायत अपराधीक क्रियाकलाप राेक्नका लागि पहल गर्ने पनि उहाँले बताउनुभयाे ।
