काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली अजरबैजान गएको छ । अजरबैजान संसद्को आयोजनामा असार १६ देखि १८ सम्म हुने ‘असंलग्न आन्दोलन संसदीय नेटवर्क’को सम्मेलनमा भाग लिन सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार बिहान त्यस तर्फ प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई लगायत संलग्न हुनुहुन्छ । उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व तथा सो अभियानका पक्ष राष्ट्रका संसद बिचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्नुहुँदै सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संघीय सांसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जारी गर्नुभएको विज्ञप्ति अनुसार सम्मेलनका क्रममा सभामुखबाट विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । सम्मेलन तर्फ प्रस्थान गर्नुहुने प्रतिनिधि मण्डलका सहभागीलाई नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी, संघीय संसद्का महासचिव र प्रतिनिधि सभाका सचिव लगायतले बिदाइ गर्नुभएको थियो । प्रतिनिधिमण्डल असार १९ गते आइतबार बेलुका नेपाल फर्कने कार्यक्रम रहेको छ ।
सभामुख नेतृत्वको टोली अजरबैजान प्रस्थान
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय टोली अजरबैजान गएको छ । अजरबैजान संसद्को आयोजनामा असार १६ देखि १८ सम्म हुने ‘असंलग्न आन्दोलन...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
