काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बिहीबार बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न बिहीबार तीन बजेको लागि बैठक बोलाइएको थियो । सत्तारुढ गठबन्धनकै दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको भन्दै सरकारको आलोचना गरेका छन् । सांसदहरूले बजेट संशोधन गर्नुपर्ने अडान राखेपछि प्रदेशसभा बैठक स्थगित हुँदै आएको छ । यस अघि पनि स्थगित भएको बैठक सभामुख अर्जुनबहादुर थापाले बिहीबार दिउँसो ३ बजेका लागि बोलाउनुभएको थियो । तर कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहमति जुट्न नसके पछि पुन अनिश्चित कालको लागि बैठक स्थगित गरिएको छ । असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न असार ८ गते प्रदेशसभाको बैठक बोलाइएको थियो । प्रदेश सभा सदस्यको विरोधका कारण सो बैठक हुन नसकेपछि असार १२ गते बैठक बोलाइएको थियो । सो दिन पनि बैठक बस्ने नसकेपछि आजको लागि बोलाइएको बैठक भने अनिश्चत कालको लागि स्थगित गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै नबसी स्थगित
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बिहीबार बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
