काठमाडौं । रेल्वे विधेयक राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको छ । राष्ट्रिय सभा बैठकले विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गर्नुभएको थियो । त्यस उपर राष्ट्रिय सभामा प्रमुख सचेतक देवेन्द्र दाहालले विधेयकमा चालकको उमेर संशोधन गर्न माग गर्नुभएको थियो । सांसद विमला राई पौड्यालले रेलवे बोर्डमा विज्ञको सहभागिता गराउन माग गर्नुभएको थियो । सांसद प्रकाश पन्थले कतिपय रोगीलाई रेलमा नबोक्ने प्रावधान हटाउन माग गर्नुभएको थियो । सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले विधेयकमाथि प्रस्तुत संशोधनलाई कतै न कतै समावेश गर्ने बताउनुभयो । मन्त्रीको आश्वासन प्रति विश्वस्त हुँदै सबै सांसदले संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक सर्वसम्मत रूपमा पास भएको छ ।
रेल्वे विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित
काठमाडौं । रेल्वे विधेयक राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको छ । राष्ट्रिय सभा बैठकले विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो । बैठकमा भौतिक...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
