काठमाडाैं । प्रदेश-१ की प्रदेश सभा सदस्य हिमा बस्नेत भट्टराईले पद तथा गाेपनियताकाे शपथ लिनुभएकाे छ ।
मंगलबार आयाेजित एक समाराेहबीच प्रदेश-१ का सभामुख प्रदीपकुमार भण्डारीले बस्नेतलाई पद तथा गाेपनियताकाे शपथ खुवाउनुभएकाे हाे । नेकपा एमालेकाे सिफारिसमा निर्वाचन आयोगले बस्नेतलाई साेमबार प्रदेश-१ काे समानुपातिक सांसद्मा मनोनयन गरेकाे थियाे ।
एमाले सांसद् गुलेफुन खातुनले पदबाट राजीनामा दिएपछि उहाँकाे ठाउँमा बस्नेत सांसद् बन्नुभएकाे हाे । सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि खातुनले असार १५ गते सांसद्बाट राजीनामा दिनुभएकाे थियाे । बस्नेत अधिवक्ता समेत हुनुहुन्छ ।
