काठमाडाैं । बिहान ११ बजेका लागि बाेलाइएकाे प्रतिनिधि सभा बैठक सरेकाे छ ।
बैठक आजै दिउँसाे २ बजेका लागि सारिएकाे संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ । संसद् सचिवालयले बैठक बाेलाइएकाे २ घण्टापछि मात्र सूचना निकालेर बैठक सरेकाे जानकारी दिएकाे हाे । विशेष कारणबस बैठक सारिएकाे सूचनामा उल्लेख छ ।
अर्थमन्त्री जनार्दन शर्मा प्रकरणलाई लिएर बैठक बस्न ढिलाे भएकाे बताइएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग्दै आएको छ । आजको बैठकमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी छ ।
