काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुने भएकाे छ ।
अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेकाे आराेप लागेका अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न लागिएकाे हाे । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे माग बमाेजिम समिति बन्न लागेकाे हाे ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ११ सदस्यीय समिति बनाउने सहमति भएकाे छ । जसमा एमालेबाट ४ तथा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २-२ जना रहनेछ्न । एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट १-१ जना रहनेछन् ।
