काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन गर्न बुधबार बसेकाे प्रतिनिधि सभा बैठकले छानबिन समिति गठन गरेकाे हाे ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । समितिलाई काम थालेकाे १० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएकाे छ ।
यी हुन् समितिमा रहेका सांसद्:
खगराज अधिकारी
देवप्रसाद गुरुङ
पुष्पा भुसाल
प्रदीप ज्ञवाली
भानुभक्त ढकाल
विमला विक
लक्ष्मणलाल कर्ण
शक्ति बस्नेत
सरलाकुमारी यादव
सिताराम महतो
सुरेन्द्र यादव
