काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् वर्षमान पुनले संसदीय विशेष छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गर्नुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् पुनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दाबी गर्नुभयाे । संसदीय छानबिन विशेष समितिलाई मार्गप्रशस्त गर्न मात्रै शर्माले राजीनामा दिनुभएकाे उहाँकाे भनाइ छ ।
यद्यपि शर्माले राजीनामा दिन आवश्यक नरहेकाे दाबी पनि सांसद् पुनले गर्नुभयाे । अर्थमन्त्रीबाट राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाउनुभएकाे पुनले बताउनुभयो ।
छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने समेत पुनले जानकारी दिनुभयाे । अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको उहाँले प्रष्ट पार्नुभयाे ।
छानबिन गर्न बाँकी रहेकै बेला प्रमुख प्रतिपक्षीले शर्मालाई दोषी देखाएकाे भन्दै पुनले आपत्ति पनि जनाउनुभयाे । समितिले निष्पक्ष ढंगले काम गर्नुपर्ने उहाँकाे सुझाव छ ।
