काठमाडाैं । नेकपा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएकाेमा आपत्ति जनाउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले प्रमुख सचेतक भट्टराईले प्रश्न गर्नुभयाे । 'नागरिकता विधेयक किन फिर्ता गरेकाे ? २ वर्षसम्म यसमा कराेडाैंकाे लगानी भएकाे छ, अनि यसलाई किन फिर्ता गरेकाे ?'
केपी शर्मा ओली नेतृत्वकाे सरकारले नागरिकता विधेयक अगाडि बढाएकाे स्मरण गर्दै उहाँले आफूहरुले नागरिकताकाे विषय गम्भीर रुपमा उठाएकाे बताउनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'समितिमा फिर्ता गरेर,पास गरेर अगाडि आउँछ,राष्ट्रिय सभामा आउँछ र पास गरेर अगाडि बढ्छ भन्ने मलाई लागेकाे थियाे, तर नागरिकता विधेयक आउला भन्दा त पछाडि फर्किरहेकाे छ ।'
सांसद् भट्टराईले संविधानले दिने भनेपनि आमाकाे नाममा नागरिकता नपाउने र जन्मसिद्धका नागरिकले नागरिकता नपाउने समस्या मधेशमा धेरै भएकाे बताउनुभयाे । याे समस्या तत्काल समस्या समाधान उहाँले भन्नुभयाे - 'नागरिकता विधेयकबाट सरकार किन पछाडि हट्याे ? म गृहमन्त्री ज्यूबाट जवाफ चाहान्छु,नागरिकता विधेयक यसै सदनबाट पास हुनुपर्छ ।'
विधि र प्रक्रियाले हुने काममा पनि विराेध गर्नुपर्ने वातावरण सरकारले बनाएकाे बताउनुभयाे । निवर्तमान अर्थमन्त्री जनार्दन
गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल भइसकेकाे पनि सांसद् भट्टराईले बताउनुभयाे । गठबन्धन सरकारले अहिलेसम्म गाैरव गर्न लागक कुनै काम नगरेकाे उहाँले बताउनुभयाे ।
सरकारले पुँजीगत खर्च गर्न नसकेकाे,युवाहरुकाे विदेश पलायन राेक्न नसकेकाे,विकास निर्माणकाे काम अगाडि बढाउन नसकेकाे उहाँकाे भनाइ छ । समयमै मल र पाठ्यपुस्तक उपलब्ध गराउने भनेर संसद् र जनतालाई ढाँटेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । यस्ता विषयमा सरकार जवाफदेही हुनुपर्नेमा त्यसाे हुन नसकेकाे समेत सांसद् भट्टराईले बताउनुभयाे ।
'प्रधानमन्त्री कार्यालयकाे जिम्मा लिनुभएका मन्त्रीले भन्दै हुनुहुन्थ्याे,अहिलेसम्म जम्मा ४५ प्रतिशत मात्र पुँजीगत खर्च भएकाे छ,राष्ट्रिय गाैरवका आयाेजनाकाे अवस्था पनि शून्य छ,काम भएकै छैन भनेर उहाँले सार्वजनिक रुपमै भन्दै हुनुहुन्थ्याे समितिकाे बैठक भएपनि, विकास निर्माण ठप्प छ, पुँजीगत खर्च ८० प्रतिशत हुनुपर्ने हाे, तर आज '-
सरकारले अघाेषित लाेडसेडिङ गरिरहेकाे भन्दै सांसद् भट्टराईले औपचारिक रुपमै लाेडसेडिङ भएकाे भन्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । बिजुली बेच्छाैं भनेर गफ दिने सरकारका मन्त्रीले लाेडसेडिङ हुँदा
रेडक्रसमा पनि राजनीति भएकाे भन्दै सांसद् भट्टराईले आपत्ति जनाउनुभयाे । यसका सम्बन्धमा पनि आवश्यक परे संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नुभयाे ।
विनाेद शाहीका हत्यारालाई सरकारले जाेगाउन खाेजेकाे भन्दै सांसद् भट्टराईले आपत्ति जनाउनुभयाे । विनाेद शाहीका हत्यारालाई कारबाहीकाे दायरामा ल्याउन गृहमन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे ।
यति,ओम्नी र बालुवाटार जग्गाकाण्डबारे छानबिन गर्न चुनाैती दिँदै उहाँले भ्रम छर्ने काम बन्द गर्न चेतावनी दिनुभयाे ।
