काठमाडौ । प्रतिनिधि सभा सदस्य नवीना लामाले अर्थ मन्त्री जनार्दन शर्माले राज्य विरुद्धको अपराधा गरेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा भाग लिँदै लामाले बजेट बनाउने बेला अनधिकृत मान्छेलाई प्रवेश गराएर अर्थमन्त्रीले राज्य विरुद्ध अपराध गरेको बताउनुभयो । ‘देशद्रोही भनेको ठिक यस्तै घटनालाई भनिन्छ’, लामाले भन्नुभयो । सो कार्य अर्थमन्त्री शर्माले एक्लै गरेको नभई त्यसमा प्रधानमन्त्रीको समेत संलग्नता रहेको लामाको दाबी छ । यदि सो घटनमा अर्थमन्त्रीको मात्रै संलग्नता भएको भए प्रधानमन्त्रीले घटना बाहिर आएकै दिन अर्थमन्त्रीलाई हटाउने उहाँले बताउनुभयो । ‘प्रधानमन्त्री देउवा आफैँ दोषी हुनुहुन्छ’, उहाँले भन्नुभयो । उहाँले सो घटनामा प्रधानमन्त्री देउवा समेत दोषी भएकोले उहाँले राजीनामा दिनुपर्ने माग गर्नुभयो । ‘छानबिन सहज बनाउन प्रधानमन्त्रीबाट राजीनामा दिन म सम्माननीय शेरबहादुर देउवालाई अनुरोध गर्दछु, माननीय शर्माको राजीनामाले प्रधानमन्त्री शेरबहादुर देउवालाई उन्मुक्ति दिने माध्यम बन्नु हुँदैन’, उहाँले भन्नुभयो । लामाले यो घटना नेपालको राजनीतिमा सबै भन्दा ठुलो नीतिगत भ्रष्टाचार भएको उहाँले दाबी गर्नुभयो । यो घटनाबाट कसैले पनि उन्मुक्ति पाउन नहुने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवा आफैँ दोषी हुनुहुन्छ, राजीनामा दिनुपर्छ : नवीना लामा
काठमाडौ । प्रतिनिधि सभा सदस्य नवीना लामाले अर्थ मन्त्री जनार्दन शर्माले राज्य विरुद्धको अपराधा गरेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा भाग...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
