काठमाडौं । प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले अर्थमन्त्रीको राजीनमासँगै बजेट कार्यान्वयनमा प्रश्न उठेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले अनधिकृत मानिसको प्रभावमा परी बनाएको बजेट कार्यान्वयनमा आउँछ कि, आउँदैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रतिपक्षको अनुपस्थितमा पास गरेको बजेट अर्थमन्त्रीले राजीनामा दिएपछि थप विवादमा आएको बताउनुभयो । बजेट बनाउने बेला अनधिकृत मानिसको प्रवेश गरी करको दर हेरफेर गरेको कुरा उठ्दा समेत अर्थमन्त्रीको ढिलो गरी राजीनामा आएको उहाँले बताउनुभयो । ‘संसदीय छानबिन समिति बन्यो, अब यो बजेटको अवस्था के हुने ?’ उहाँले प्रश्न गर्नुभयो । छानबिन समिति बनेको अवस्थामा विवादित अर्थमन्त्रीले ल्याएको बजेट कार्यान्वयनमा आउन नसक्ने उहाँले बताउनुभयो । यस्तो बजेट कार्यान्वयनमा ल्याएमा थप संशय हुने उहाँको भनाई छ । यो विषय यही महिना नटुङ्गिए साउन महिनाबाट बजेट कार्यान्वयनमा आउन नसक्ने उहाँले बताउनुभयो ।
नारायणप्रसाद खतिवडाको प्रश्न : विवादित बजेट कार्यान्वयनमा आउँछ कि आउँदैन ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले अर्थमन्त्रीको राजीनमासँगै बजेट कार्यान्वयनमा प्रश्न उठेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
