काठमाडाैं । खानेपानी तथा सरसफाइ विधेयक, २०७७ प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक सर्वसम्मतिले पारित गरेकाे हाे । बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनि प्रस्ताव गर्नुभएकाे थियाे ।
साे प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा सांसद् खेमप्रसाद लोहनीले गणपूरक संख्या नरहेको भन्दै सभामुख अग्निप्रसाद सापकाेटाकाे ध्यानाकर्षण गराउनुभयाे । त्यसपछि सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद्काे संख्या यकिन गर्न संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभयाे ।
३ मिनेटपछि सभामुख सापकाेटाले गणपूरक संख्या ७९ हुनुपर्नेमा ८३ भएकाे जानकारी गराउँदै विधेयक निर्णयार्थ पेस गर्नुभयाे । सभामुखले निर्णयार्थ पेस गर्नुभएकाे विधेयक बैठकबाट सर्वसम्मतिले पारित भयाे ।
