काठमाडाैं । फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरिएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक सर्वसम्मतिले पारित गरेको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले साे धेयक पारित गरियोस् भनि प्रस्ताव गर्नुभएकाे थियाे ।
त्यससपछि सभामुख अग्निप्रसाद सापकोटाले साे विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत गर्नुभएकाे थियाे । साे प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेकाे घाेषणा उहाँले गर्नुभयाे ।
प्रतिनिधि सभा बैठक भाेलि बस्नेगरी सकिएकाे छ ।
