काठमाडाैं । नेकपा एमालेका सांसद् दीपक प्रकाश भट्टले मजगाउँ विमानस्थलको जग्गा नेपाली सेनाबाट फिर्ता ल्याउन सरकारसँग माग गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बोल्दै सांसद् भट्टले सेनाले कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित मजगाउँ विमानस्थलको जग्गा आफ्नो नाममा लालपूर्जा बनाएको बताउनुभयाे । साे जग्गा सेनासँगबाट फिर्ता गर्न उहाँले सरकारसँग माग गर्नुभयाे । सेनाले विमानस्थलको जग्गा विमानस्थल निर्माण सुरु भएपपछि ०७५ मंसिर २७ मा आफ्नो नाउँमा लालपूर्जा लिएको देखि भट्टकाे भनाइ छ ।
०३४ सालदेखि सञ्चालनमा रहेको विमानस्थल ०५७ बाट स्थगित रहेको र अहिले पुनः सञ्चालनको तयारीमा रहेको अवस्थामा जनतासँगको दूरी बढाउने गरी जग्गा हडप्ने हो भने सेना जनताबाट टाढिँदै जाने भट्टकाे चेतावनी छ ।
