काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध पछि बैठक स्थगित भएको हो । एमालेले गण्डकी प्रदेश सरकारको बजेट त्रुटीपूर्ण रहेको भन्दै विरोध जनाउँदै आएको छ । एमालेले पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिन माग गर्दै आएको छ । यसको साथै बजेट यथार्थमा आधारित नभएको भन्दै एमालेले विरोध जनाउँदै आएको छ । गण्डकी प्रदेश सभा सदस्य रामशरण बस्नेतले अर्थमन्त्री रामजी बरालले आगामी आर्थिक वर्षको बजेट कानुनी दायरा बाहिर गएर बनाएको भन्दै विरोध जनाउनुभएको थियो । उहाँले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको आन्तरिक ऋणको सीमा उल्लंघन गरी बजेट ल्याइएको बताउनुभयो ।
गण्डकी प्रदेश सभा बैठक स्थगित
काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध पछि बैठक स्थगित भएको हो । एमालेले...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
