काठमाडौं । प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले सरकार नागरिकताको विषयमा गम्भीर हुन नसकेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा भाग लिँदै चौधरीले सरकार नागरिकताको विषयमा संवेदनशील बन्न नसकेको बताउनुभयो । ‘यो सरकारले नागरिकताको विषयमा जनताको जिन्दगीसँग, जनताको भविष्यसँग खेलबाड गरेको छ, यो सरकारलाई जनताले सही समयमा गतिलो जवाफ दिने छन्’, उहाँले भन्नुभयो । नागरिकता नभएको कारण अधिकारबाट वञ्चित भएका नागरिकको पीडा सरकारले आत्मसाथ गर्न नसकेको उहाँले बताउनुभयो । नागरिकता नभएको कारणले किशोर किशोरीले उच्च शिक्षा समेत लिन नपाएको उहाँले सुनाउनुभयो । नागरिकताको पर्खाइमा बसेका नागरिकलाई सरकारले अपमान गरेको चौधरीले बताउनुभयो । सरकाले नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएर जनताको र जन निर्वाचित प्रतिनिधि सभाको समेत अपमान गरेको बताउनुभयो । नागरिकता विधेयकमा भएका कमजोरी संसदमा नै छलफल गरेर सच्याउने सकिने उहाँले बताउनुभयो । त्यसैले नागरिकता सम्बन्धी विधेयक फिर्ता लिने होइन संसदमा छलफल गरेर टुङ्ग्याउनु पर्ने बताउनुभयो ।
सरकार नागरिकताको विषयमा संवेदनशील बन्न सकेन : शान्ता चौधरी
काठमाडौं । प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले सरकार नागरिकताको विषयमा गम्भीर हुन नसकेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा भाग लिँदै चौधरीले...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
