काठमाडौं । प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले संसदीय प्रणाली माथि नै चुनौती दिने गरी सरकारले नागरिकता सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधि सभामा पेस गरेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी विधेयक फिर्ता लिने सरकारको प्रस्ताव माथि विरोध जनाउँदै पोखरेलले विधेयक फिर्ता लिने सरकारको प्रस्तावको एमाले पार्टीले विरोध जनाउने बताउनुभयो । उहाँले जनताको नागरिकता पाउने हकलाई सरकारले कुण्ठित गर्न खोजेको भन्दै आलोचना गर्नुभयो । नेपालको संविधान लेखिरहँदा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गरिने छैन भनेर लेखेको कुरा स्मरण गर्न उहाँले आग्रह गर्नुभयो । संविधानमा वंशीय र लैङ्गिक पहिचान सहितको नागरिकता पाउने व्यवस्था गरिएको उहाँले सम्झाउनुभयो । नेपाली नागरिकलाई नागरिकता दिन केपी शर्मा ओली नेतृत्वको सरकाले ल्याएको नागरिकता सम्बन्धी विधेयक कस कसको कारणले सो विधेयक दुई वर्षसम्म संसदीय समितिमा रह्यो भन्ने कुराको जवाफ नेपाली जनताले खोजिरहेको उहाँले बताउनुभयो । संसद्मा हुन्छ कि हुन्न भनेर विधेयक पास गर्ने बेला विधेयक फिर्ता लिएर फेरी अर्को विधेयक ल्याउन लागिएको उहाँले बताउनुभयो । शून्यबाट सुरु गरिने विधेयक संसद्बाट पास हुने कुनै ग्यारेन्टी नरहेको उहाँले प्रष्ट पार्नुभयो । ‘यो सरकार जनताको अधिकार सुनिश्चितता गर्ने दिशामा कुनै गम्भीर छैन’,उहाँले भन्नुभयो । जनताले नागरिकता पाउने हकलाई शून्यको विन्दुमा लगेर जनताको अधिकार कुण्ठित नगर्न उहाँले आग्रह गर्नुभयो । अहिले संसदमा आएको विधेयकलाई छलफल गरी टुङ्ग्याउन उहाँले आग्रह गर्नुभयो ।
सरकार जनताको अधिकार सुनिश्चितता गर्ने दिशामा गम्भीर छैन : कृष्णभक्त पोखरेल
काठमाडौं । प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले संसदीय प्रणाली माथि नै चुनौती दिने गरी सरकारले नागरिकता सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधि...
SUNRISE KHABAR
1 min read
