काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. भीम रावलले नागरिकता सम्बन्धि विधेयक फिर्ता लिन खोजेर सरकाले त्यसमा भएको लगानी नै दुरुपयोग गर्न खोजको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी विधेयक फिर्ता लिने सरकारको प्रस्तावको विरोध जनाउँदै डा. रावलले नागरिकताको विषय नेपालको संविधान बनाउँदा पनि सर्वाधिक चर्चाको विषय भएको स्मरण गर्नुभयो । नेपाल जस्तो भूराजनीतिक संवेदनशील देशमा गैर नेपालीले नागरिकता नपाउन् र नेपाली नागरिक नागरिकताबाट वञ्चित नहुन् भन्ने विषयमा धेरै गम्भीर छलफल भएको उहाँले स्मरण गराउनुभयो । उहाँले नेपाली नागरिकले सहज रूपमा नागरिकता पाउन् भन्ने भन्ने संविधानको मर्म विपरीत सरकारले नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव ल्याएको उहाँले बताउनुभयो । देशमा राजनीतिक अस्थिरता भएको बेला नागरिकतालाई राजनीतिका हतियार बनाएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘नागरिकतालाई कुनै पनि राजनीतिक स्वार्थको हतियार नबनाइयोस्’, रावलले भन्नुभयो । सबै नेपालीले सहज रूपमा नागरिकता पाउनु पर्छ भन्ने साझा सहमतिको विषय भएको उहाँले प्रष्ट पार्नुभयो । रावलले नेपाली नागरिकलाई नागरिकता लिन असहज हुने तर विदेशी नागरिकले सहज रूपमा नागरिकता लिने वातावरण बनाउन नहुने बताउनुभयो । देश आमनिर्वाचनमा जान लागेको बेलामा यसलाई राजनीतिको एजेण्डा नबनाउन उहाँले आग्रह गर्नुभयो । अहिलेको सरकार एक हिसाबले कामचलाउ सरकार भएकोले आफ्नो भूमिका बुझ्न पनि उहाँले आग्रह गर्नुभयो ।
नागरिकतालाई राजनीतिक स्वार्थको हतियार नबनाइयोस् : भीम रावल
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. भीम रावलले नागरिकता सम्बन्धि विधेयक फिर्ता लिन खोजेर सरकाले त्यसमा भएको लगानी नै दुरुपयोग गर्न खोजको...
SUNRISE KHABAR
1 min read
