काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले राज्य व्यवस्था सुशासन समितिकाे प्रतिवेदनसहितकाे नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन,सुपरीवेक्षण र समन्वय) (पहिलाे संशाेधन) बिधेयक,२०७९ माथि छलफल गरियाेस् भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।
गृहमन्त्री खाँडले नै 'नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन,सुपरीवेक्षण र समन्वय) (पहिलाे संशाेधन) बिधेयक,२०७९ लाई पारित गरियाेस्' भनी प्रस्ताव पेस गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री माेहम्मद इस्तियाक राईले राष्ट्रिय सभा उत्पति भएकाे 'रेल्वे विधेयक,२०७९ दफावार छलफल सदनमा पेस गरियाेस्' भनी प्रस्ताव पेस गर्नुहुनेछ । मन्त्री राईले 'रेल्वे विधेयक,२०७९' माथि प्राप्त संशाेधनलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । मन्त्री राईले नै 'रेल्वे विधेयक,२०७९ लाई पारित गरियाेस् भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।
हेर्नुस् कार्यसूची:
