काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले शून्य समय र विशेष समयमा सांसद्ले उठाएका विषयमा उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्ने सांसद्ले शून्य र विशेष समयमा उठाएका विषयमा सरकारले चासाे नदिएकाे भन्दै आपत्ति जनाएका थिए । देशकाे राजनीतिक विषयसहित पाठ्यपुस्तक,रासायनिक मल,हैजा, विपद् लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यससपछि सभामुखले सरकारलाई रुलिङ गर्दै भन्नुभयाे - 'शून्य समय, विशेय समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनुभएकाे विषयकाे सन्दर्भका सम्बन्धित मन्त्रालयकाे ध्यानाकर्षण गराउँदछु ।'
