काठमाडौं । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक सर्वसम्मतिले पारित गरेकाे हाे । बैठक गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुखले निर्णयार्थ पेस गर्नुभयाे र सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि साे विधेयकका सम्बन्धमा भएका संशाेधन लगायत विषयमा छलफल भएकाे थियाे । सांसद्ले छलफलमा उठाएका प्रश्नकाे गृहमन्त्रीले जवाफ दिनुभएकाे थियाे । विधेयक पारित गरिएसँगै बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
