काठमाडाैं । नेकपा एमालेकी सांसद् विमला विश्वकर्माले किसानलाई चाँडाे भन्दा चाँडाे मल उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् विकले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको बताउनुभयाे । जनविउहाराेधी गठबन्धन सरकारले मल दिने भनेर जनतालाई ढाँटेकाे भन्दै उहाँले चाँडो मल उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
किसानले मल, बिउ नपाएर सधैं आन्दोलन गर्नुपर्ने अवस्था रहेको भन्दै सांसद् विश्वकर्माले याे अवस्था अन्त्य हुनुपर्ने बताउनुभयाे ।
