काठमाडाैं । नेकपा एमालेकी सांसद् शिवमाया तुम्बाहाङ्फेले अदालतमा विचाराधीन संवैधानिक परिषद्सम्बन्धी विषय चलाइएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् लुम्बाहाङ्फेले अदालतमा विचाराधीन मुद्दामा बाेल्नुहुँदैन भन्ने सरकारले नै साे विषय अगाडि बढाउनु आपत्तिजनक रहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'सभामुखले ज्यूले आफ्नाे कुर्सीमा बसेर पटक-पटक रुलिङ गर्नुभयाे, सर्वाेच्चमा विचाराधीन रहेका विषयवस्तुमाथि हामी यहाँ छलफल गर्न सक्दैनाैं भनेर जसन रुलिङ गर्नुहुन्थ्याे, त्यसकाे बर्खीलाप हुँदै अहिले राष्ट्रिय सभामा संवैधानिक परिषद् एेन विधेयक दर्ता गराइएकाे छ, तसर्थ यस विषयमा हाम्राे गम्भीर आपत्ति छ, गम्भीर चासाेकाे विषय छ,याे हाम्राे मात्र हाेइन सिंगाे मुलुककाे गम्भीर चासाेकाे रुपमा लिएकाे छ,तसर्थ र यस सम्बन्धमा सरकार र सभामुखकाे ध्यानाकर्षण गराउँछाैं ।
केपी शर्मा ओली नेतृत्वकाे सरकारले माैलिक हकसँग जाेडिएका १६ वटा एेन निर्माण गरेर कार्यान्वयनकाे चरणमा लगेकाे स्मरण गराउँदै सांसद् तुम्बाहाङ्फेले भन्नुभयाे - 'माैलिक हकसँग जाेडिएका १६ एन निर्माण गरिसकेर कार्यान्वयनकाे चरणमा लगेका थियाैं, तर याे गठबन्धन सरकारले नियमावली समेत नबनाएकाे देख्दा हामीलाई अचम्म लागेकाे छ ।'
