काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले याैन हिंसा विरुद्धका केही एेनलाई संशाेधन गर्ने विधेयक,२०६९ मा एमाले सांसद् कृष्णभक्त पाेखरेलले राख्नुभएकाे संशाेधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएकाे थियाे ।
तर सांसद् भुपेन्द्र बहादुर थापाले गणपुरक संख्या नभएकाे भन्दै नियामापत्ति जनाउनुभयाे । सत्तापक्षकै सांसद्ले बैठकमा बस्न लापरबाही गरेकाे उहाँले बताउनुभयाे ।
तीन मिनेट घण्डी बजाएर गणना गर्दा पनि ६१ जना मात्र सांसद् उपस्थित थिए । कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्दा गणपुरक संख्या ६९ हुनुपर्छ । तर त्याे संख्या नपुगेकाे भन्दै सभामुख सापकाेटाले बाँकी विषय कार्यसूचीबाट हटाएर बैठक असार २९ सम्मका लागि स्थगित भएकाे घाेषणा गर्नुभयाे ।
