काठमाडौं । प्रतिपक्षी दलका सांसद् बैठकमा अनुपस्थित भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ ।
लगातार स्थगित भएको बैठक सोमबार तीन बजेको लागि बोलाइएको थियो । बैठक एमाले, जसपा र राजपाका सांसद अनुपस्थित भएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो । बैठक मंगलबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको छ ।
प्रदेश सरकारले ल्याएको बजेटमा प्रतिपक्षले मात्र होइन सत्ता पक्षका सांसदले नै विरोध जनाएका छन् । बजेट परिष्कृत नहुँदासम्म पारित गर्न नदिने प्रदेश सभा सदस्यले बताउँदै आएका छन् । सोहि कारण बजेट माथिको छलफल सुरु हुन सकेको छैन । बजेट असार ३० भित्र पास हुनुर्ने कानुनी व्यवस्था रहेको छ ।
