काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फाैजदारी कसुर तथा फाैजदारी कार्यविधि सम्बन्धी केही एेन संशाेधन गर्ने विधेयक,२०७९ टेबु गर्नुहुने कार्यसूची छ ।
सामाजिक सुरक्षा (पहिलाे संशाेधन) विधेयक,२०७९, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन,सुपरीपेक्षण र समन्वय)(पहिलाे संशाेधन) विधेयक,२०७९ र खानेपानी तथा सरसफाइ विधेयक,२०७९ टेबल गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
