काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रतिनिधि सभामा उपसभामुख र राष्ट्रिय सभामा उपाध्यक्षको पद खाली रहेको प्रति ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै गौतमले दुवै सदनमा उपसभामुख र उपाध्यक्ष खाली हुँदा लाजमर्दो अवस्था बनेको बताउनुभयो । ‘के करणले सरकारको ध्यान गएको छैन, राजनीतिक दलको पनि ध्यान गएको छैन’, गौतमले भन्नुभयो । गौतमले राष्ट्रिय सभामा चार महिनादेखि उपाध्यक्ष नभएको तथा प्रतिनिधि सभामा लाजमर्दो गरी चार वर्षदेखि उपसभामुख नभएको भन्दै आलोचना गर्नुभयो । दुई वटा पद मध्ये एउटामा महिला अनिवार्य हुनु पर्ने संवैधानिक व्यवस्था भएको बताउँदै गौतमले दुवै सदन अहिले पुरुषले मात्र चलाएको बताउनुभयो । यसले महिलाको समेत अपमान भएको भन्दै गौतमले महिला सांसदले आन्दोलन गर्नुपर्ने सुझाव दिनुभयो ।
उपसभामुख र उपाध्यक्ष छान्ने विषयमा सरकार र दलको ध्यान गएन : बामदेव गौतम
काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रतिनिधि सभामा उपसभामुख र राष्ट्रिय सभामा उपाध्यक्षको पद खाली रहेको प्रति ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
