काठमाडौं । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले राजनीतिक आन्दोलनले माहिला अधिकार स्थापित भएको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै गैरेले ३३ प्रतिशत महिला सहभागिता भए पनि त्यो अझै नपुगेको बताउनुभयो । ‘अहिले हाम्रो सहभागिता त छ, तर हाम्रो अस्तित्व चाहिँ छ कि छैन ?’, उहाँले भन्नुभयो । अहिले पनि लैङ्गिक र सामाजिक विभेद कायम रहेको उहाँले बताउनुभयो । जसको परिणाम आत्महत्याका घटना बढ्दै गएको गैरेले बताउनुभयो । अहिले पनि देशमा महिला हिंसाका कुरा दिन प्रतिदिन बढ्दै गएको उहाँले बताउनुभयो । अहिले पनि महिलाका विषयमा महिलासँग सल्लाह नै नगरी निर्णय हुने गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘हामी विभेद रहित समाजमा बाँच्न चाहन्छौँ’, गैरेले भन्नुभयो ।
राजेन्द्रलक्ष्मी गैरेको प्रश्न : महिला सहभागिता त छ, तर हाम्रो अस्तित्व चाहिँ ?
काठमाडौं । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले राजनीतिक आन्दोलनले माहिला अधिकार स्थापित भएको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको बताउनुभएको छ...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
