काठमाडौं । गणपुरक संख्या नपुगेपछि मंगलबारको लागि बोलाइएको सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक पनि स्थगित भएको छ ।
सोमबार गणपुरक संख्या नपुगेपछि स्थागित भएको प्रदेश सभा बैठक मंगलबार ११ बजे बोलाइएको थियो । सभामुख अर्जुनबहादुर थापाले गणपुरक संख्या नपुगेपछि बैठका स्थगित भएको घोषणा गर्नुभएको छ । बैठक अहिले तीन बजेको लाागि पुनः बोलाइएको छ ।
सरकारले ल्याएको बजेट माथि असन्तुष्टि जनताउँदै प्रतिपक्षी दल मात्र होइन सत्तारुढ दलका प्रदेश सभा सदस्यले नै बैठक वहिष्कार गर्दै आउनु भएको छ । सत्तारुण दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले समेत बैठक बहिष्कार गर्दै आउनुभएको छ ।
माओवादी केन्द्र बाहेकका दलका सांसद् सरकारले ल्याएको बजेट संशोधन गर्नुपर्ने पक्षमा हुनुहुन्छ । माओवादीका पनि केही सांसद् बजेटको विपक्षमा हुनुहुन्छ । समाजवादीका पनि मन्त्री बाहेकका सांसद् बजेटसँग सन्तुष्ट हुनुहुन्न ।
असार मसान्त भित्र बजेट पास गर्नै पर्ने कानुनी बाध्यता सरकारसँग छ । तर सरकारले ल्याएको बजेट माथि अहिलेसम्म छलफल हुन सकेको छैन ।
