काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षीलाई दिन माग गरेको छ । समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने माग राख्दै एमालेले मंगलबार समितिको बैठक बहिष्कार गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसदहरूले एक वर्षसम्म पनि सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई नछाडेको भन्दै आपत्ति जनाएको छ । ‘सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीलाई दिनै पर्छ, यो संसदीय अभ्यास पनि हो’, प्रतिनिधि सभामा प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो । समितिको वार्षिक प्रतिवेदन पारित गर्न बोलाइएको बैठकमा एमाले सांसदहरूले पहिला सभापतिले राजीनामा दिनु पर्ने, त्यस पछि मात्र बैठक अघि बढ्ने बताउनुभएको थियो । हाल समितिको सभापतिमा नेपाली कांग्रेसका भरतकुमार शाह हुनुहुन्छ ।
सार्वजनिक लेखा समितिकाे सभापति प्रमुख प्रतिपक्षीलाई दिन एमालेको माग
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षीलाई दिन माग गरेको छ । समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
