काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले 'नेपाल नागरिकता पहिलाे संशाेधन विधेयक, २०७९' पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
साे विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीम रावलले प्रस्तुत गर्नुभएकाे विराेधकाे सूचनालाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पाैडेलले 'याेगमाया आयुर्वेद विश्वविद्यालय विधेयक,२०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयाेस्' भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
हेर्नुस् कार्यसूची:
