काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि असार ३१ गते चुनाव हुने भएको छ ।
प्रतिनिधि सभाको आजकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चुनावको कार्यतालिका सार्वजनिक गर्ने तय भएको हाे । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।
नेपालको संविधानको धारा ९० को उपधारा (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्ने उल्लेख छ। अहिलेका सभामुख सापकोटा माओवादी केन्द्रबाट हुनुहुन्छ ।
