काठमाडौं । सरकारले 'नेपाल नागरिकता पहिलाे संशाेधन विधेयक, २०७९' प्रतिनिधि सभामा पेस गरेकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले साे विधेयक पेस गर्नुभएकाे हाे । सरकारले यसअघिकाे विधेयक फिर्ता गरेर नयाँ विधेयक ल्याएकाे हाे ।
बैठकमा नेकपा एमालेका सांसदहरु भीम रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले दिनुभएको विरोधको सूचना प्रतिनिधि सभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँडले साे विधेयक प्रतिनिधि सभामा पेस गर्नुभएकाे हाे । याेसँगै नागरिकतासम्बन्धी विधेयक अघि बढेको छ ।
त्यसअघि विराेधकाे सूचनामा पेस गर्दा सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँडले संसदीय समितिमा छलफल भए पनि सहमति जुट्न नसकेपछि सरकारले नागरिकतासम्बन्धी अर्को विधेयक ल्याएको दाबी गर्नुभयाे । बाबुआमाको नागरिकता भए पनि तर उनीहरूका सन्तानले नागरिताविहीन अवस्थमा बस्नु परेकोले यो विधेयक ल्याइएको उहाँकाे भनाइ छ ।
