काठमाडौं । नेकपा एमालेकी सांसद् डा. शिवमाया तुम्बाहाङ्फेले अदालतमा विचाराधीन संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् तुम्बाहाङ्फेले विगतमा आफैंले गैरसंवैधानिक भनिएको विषयवस्तु हुबहु राखेर विधेयक ल्याउनुको कारणबारे प्रष्ट पार्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
उहाँले भन्नुभयाे - 'सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे विषयवस्तुलाई गैरसंवैधानिक भन्छाैं भने गैरसंवैधानिक विषयवस्तुमा संघीय संसद्मा छलफल र बहस गर्न मिल्छ ? त्यसैले गैरसंवैधानिक विषयलाई संसद्मा पेस गराएर छलफल गर्नुकाे औचित्य के हाे ? यसकाे औचित्य पुष्टि गर्नुपर्याे,प्रमुख प्रतिपक्षीलाई जवाफ दिनुपर्याे ।' काम गर्नका लागि हरेक संवैधानिक अभ्यासलाई हेर्नुपर्ने बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'गैरसंवैधानिक थियाे भने त्यसलाई हुबहु किन ल्याइयाे ? प्रगिगमन थियाे भने किन हुबहु लिएर आउनुपर्याे ? तसर्थ गैरसंवैधानिक,सर्वाेच्चमा विचाराधीन विषयवस्तुमाथि संघीय संसद्भित्र बहस छलफल गर्न सक्दैनाैं,संविधानविपरित हुन्छ,तसर्थ याे विधेयक तत्काल फिर्ता हुनुपर्छ ।'
संसदीय अभ्यासअनुसार हरेक कुरा प्रकियागत रुपमा अगाडि बढ्नुपर्नेमा गठबन्धन सरकारले त्याे गर्न नसकेकाे बताउनुभयाे । 'हामीले ल्याएकाे अध्यादेशमा जे विषयवस्तु थियाे त्यही अगाडि सारिएकाे छ, सम्माननीय सभामुखले रुलिङ् गरेकाे विषयवस्तु,जुन सर्वाेच्च अदालतमा विचाराधीन रहेकाे मुद्दा, त्यसमा भनिएकाे थियाे गैरसंवैधानिक, गैरसंवैधानिक त्यतिबेला थियाे भने त्यही विषयवस्तु अहिले सदनमा आइरहँदा पहिलाे नेताकाे हैसियतमा संसद्मा बसिरहँदा तपाईंकाे ध्यानाकर्षण किन नभएकाे,हुनुपर्याे नि?
यस विषयमा प्रमुख प्रतिपक्ष दलकाे ध्यानाकर्षण भइसकेकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'संघीय संसद्काे नेता भएकाे हैसियतमा सभामुखकाे ध्यानाकर्षण गराइसकेका थियाैं, सर्वाेच्च अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न मिल्छ या मिल्दैन भन्ने कुराकाे विषयमा ध्यानाकर्षण भयाे कि भएन ?'
केपी ओली सरकारले साे अध्यादेश ल्याउँदा प्रतिगमन भनिएकाे स्मरण गर्दै शिवमायाले प्रश्न गर्नुभयाे - 'विगतमा याे विषय अध्यादेशकाे रुपमा ल्याइएकाे थियाे, त्यसबेला अहिलेकाे गठबन्धनमा रहेका दलले भनेका थिए - प्रतिगमन भयाे, गैरसंवैधानिक भयाे भनिएकाे थियाे, अहिले मेराे प्रश्न अहिले उहाँहरुलाई - जतिबेला अध्यादेशमा प्रस्तुत गरिएकाे थियाे ती विषयवस्तु प्रतिगमन भए भने, अहिले राष्ट्रिय सभामा दर्ता गरेकाे विधेयकमा तपाईंले के फरक ल्याउनुभएकाे छ र प्रतिगमन भयाे भन्न नमिल्ने ?, के फरक छ र हमीले ल्याएकाे अध्यादेश भन्दा ?'
एेनकाे दफा र उपदफा निष्क्रिय भएपछि त्यसलाई जगाउने प्रक्रिया पनि हुने बताउँदै सांसद् तुम्बाहाङ्फेले प्रश्न गर्नुभयाे - 'यदि उस्तै ल्याउने हाे भने पहिलेकाे एेनमा निष्क्रिय भएकाे विषयलाई जगाएन त ?'
सभामुखले आफ्नाे दायित्वकाे ख्याल नगरेकाे बताउँदै सांसद् शिवमायाले भन्नुभयाे - 'सम्मानीयय सभामुखज्यू यहाँ हाम्रो नेता हो,नेताले आफ्नो संस्थाभित्र आएको विषयवस्तु हेर्ने कि नहेर्ने ? संस्था सञ्चालन गर्न यहाँ बसिरहँदा मेरो दायित्व के हो भन्ने कुरा विचार गर्नुपर्छ कि पर्दैन ? दायित्व पूरा गर्न हरेक एेन नियम हेर्नु पर्छ कि पर्दैन ?'
