काठमाडौं । प्रतिनिधि सभाकाे उपसभामुख पदको निर्वाचनकाे तालिका सार्वजनिक भएकाे छ ।
संघीय संसद् सचिवालयले बुधबार तालिका सार्वजनिक गरेकाे हाे । नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको चुनाव असार ३१ गते हुने तय भएकाे छ ।
असार ३० गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्नुपर्ने तालिकामा उल्लेख छ ।
असार ३० गते दिउँसो साढे १ बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने संसद् सचिवालयले जनाएकाे ।
असार ३१ गते दिउँसाे ३ बजे प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने तालिका छ ।
