काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे ३ बजे बस्ने बैठकका लागि एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले 'नेपाल नागरिकता (पहिलाे संशाेधन) विधेयक, २०७९' माथि विचार गरियाेस् भनि प्रस्ताव पेस गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा गृहमन्त्री खाँडले साे विधेयक पेस गर्नुभएकाे थियाे । सरकारले पुराना नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याएकाे हाे ।
