काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्ले उठाएका प्रश्नकाे उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले शून्य र विशेष समयमा सांसद्ले उठाएका प्रश्नकाे उचित जवाफ दिन सम्बन्धित मन्त्रीहरुलाई निर्देशन दिनुभएकाे हाे । सदनमा उठेका प्रश्नकाे जवाफ दिनु सम्बन्धित मन्त्रीकाे कर्तव्य भएकाे तिमिल्सिनाले बताउनुभयाे ।
यसअघि पनि साे विषयमा आफूले ध्यानाकर्षण गराएकाे भन्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयाे - 'शून्य समय र विशेष समयमा बाेल्दै माननीय सदस्यहरुले पटक-पटक उठाएका जनराेकारका विषयबारे उचित जवाफ नपाएकाे गुनासाे गर्नुभएकाे अवस्था छ,सदनमा उठेका प्रश्नकाे जवाफ दिनु सम्बन्धित मन्त्रीकाे कर्तव्य हाे ।'
