काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले रेमिटेन्सबाट देश चलाएर गौरव नगर्न सरकारलाई आग्रह गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेपालबाट विदेश जानेको सङ्ख्या घट्न नसकेको भन्दै पन्तले चिन्ता व्यक्त गर्नुभयो । विदेशमा गएका नागरिकलाई देशले संरक्षण गर्न नसकेको भन्दै पन्तले सरकारको आलोचना गर्नुभयो । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई राज्यले विभेद गरेको उहाँको भनाइ छ । त्यस्ता नागरिक प्रति सरकारले अभिभावकत्व ग्रहण गर्न नसकेको उहाँले बताउनुभयो । बिचौलियाको कारण विदेश जाने नेपाली नागरिक थप मारमा परेका पन्तले टिप्पणी गर्नुभयो । ‘बिचौलियाले विदेशमा गएर रगत, पसिना बगाएर कमाएको सम्पत्ति पनि खाइदिएको छ’, उहाँले भन्नुभयो । विदेशमा गएर ज्यान गुमाएकाको दुई वर्षसम्म पनि शव नआएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । यस्तो विषयमा सामान्य मानवीय संवेदनशीलता समेत सरकारले नदेखाएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
रेमिटान्सले देश चलाएर गर्व नगरौँ : प्रकाश पन्त
काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले रेमिटेन्सबाट देश चलाएर गौरव नगर्न सरकारलाई आग्रह गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
